• २०८३ भाद्र २८ गते आइतवार

२४ घण्टामा सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १३ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। प्रहरीका अनुसार मोरङ, चितवन, सल्यान, बारा र सुनसरी जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

मोरङको विराटनगर महानगरपालिका–३ पोखरियास्थित सडकखण्डमा मोटरसाइकल विद्युत्को पोलमा ठोक्किँदा ४५ वर्षीय रवि कामतको मृत्यु भएको छ। गम्भीर घाइते कामतको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका–५ मा डानालोड ट्रकले ठक्कर दिँदा ३४ वर्षीय चन्द्रबहादुर ठाडा मगरको मृत्यु भएको छ। यस्तै, सल्यानको त्रिवेणी गाउँपालिका–५ मा बोलेरो सडकबाट करिब १० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मत्य .8 जना घाइते c जना मण्डकी प्रदेश मृत्यु ο जना मिति ၃.3 मदो: ၃ဖ गते| ၃8 घण्टाको ધાइતે जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य जना दाज्वे 8 जना सुदरपश्चिम प्रदेश मृत्य जना घाइਹो काठमाडी उपत्यका मृत्य ιο जना و जना धाइ्ते 09 जना कोशी प्रदेश मृत्य 3 जना लूगिबनी प्रदेश मत्य O जना ધારતે ಇ3 घाइते 39 जना जम्मा मानवीय क्षति मृत्यु जना घाइते मघेश प्रदेश मृत्यु जना १२४ जना धाइतो 96 जना विस्तृत विस्तृतविवरणकमेन्टम.. विवरण कमेन्टमा..‎'‎‎

सल्यानकै त्रिवेणी गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा जिज्ञा कुमारी केसीको मृत्यु भएको छ। बारा जिल्लाको कलैया उपमहानगरपालिका–८ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका ३५ वर्षीय साहेब देवानको उपचारका क्रममा मृत्यु भएको छ।

त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा २१ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको छ।

प्रहरी विवरणअनुसार दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टाको विवरणले तीव्र गति, सवारी साधन अनियन्त्रित हुनु र सडक सुरक्षाप्रतिको लापरबाही दुर्घटनाको प्रमुख कारण बन्दै गएको देखाएको छ। पछिल्ला दिनमा पनि सडक दुर्घटनामा मानवीय क्षति निरन्तर देखिएको छ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस