• २०८३ बैशाख २१ गते सोमवार

मोरङको मिक्लाजुङ गाउपालिका स्थित बम बिष्फोट;तीन वटा स्काभेटरमा आगजनी

पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,उर्लाबारी । मोरङको मिक्लाजुङ गाउपालिका स्थित रमितेमा आईतबार राति बम बिष्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन् ।

१ नम्बर प्रदेस सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भै सडक कालो पत्रे गर्नका लागी सडक चौडा गर्दै सुके आहाल को साकेला मेला लाग्ने ठाउँ मा पुगेको ३ थान स्काभेटर आगो लगाई बम हानेर ध्वस्त बनाइएको छ ।

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन । यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकोे आशंका गरिएको छ । विष्फोट बाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन । मधुमल्लामा रहेको इलाका प्रहरी कार्यलयले घटनाबारे जानकारी लिएको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस