माघ ६, काठमाडौँ। आज दिउँसो पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ। ।यस्तै राती देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पूर्वी भू-भागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध गरेको छ ।
Post Views: 51
Sharing