• २०८३ भाद्र २६ गते शुक्रवार

कुशे औँसी : गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनको अवसरमा आज काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।

विशेषगरी दिवङ्गत बाबुको स्मरणमा तर्पण, पिण्डदान तथा सिदादान गर्न बिहानैदेखि देशका विभिन्न भागबाट आएका श्रद्धालुहरूको मन्दिर परिसरमा लामो लाइन लागेको छ । काठमाडौंको उत्तरपूर्वी भेगमा अवस्थित यस तीर्थस्थललाई ‘उत्तरगया’का रूपमा समेत पुजिने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भन्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार गोकर्णेश्वर मन्दिर परिसरमा गएर तर्पण तथा पिण्डदान गर्नाले पितृहरूले मोक्ष प्राप्त गर्छन् र २१ पुस्तासम्मका पितृ उद्धार हुने जनविश्वास छ । भक्तजनहरू मन्दिर नजिकै रहेको बागमती नदी किनारमा स्नान गरी बाबुको आत्मशान्तिका लागि विधिपूर्वक श्राद्ध तथा दान–दक्षिणा गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस