माघ ५, काठमाडौं । काठमाडौको तारकेश्वरमा एक दिने अपाङ्ग र समाबेशी बिकास सम्बन्धी कार्यशाला गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग हुनु पुर्वजन्मको पाप र भगवानको श्रापले हुनु होइन यो त दुर्घटना अशिक्षा र खानपिनबाट हुन सक्छ जस्ता नारा लाई आत्मसात गर्दै एक दिने अपाङ्ग र समाबेशी बिकास सम्बन्धि कार्यशाला गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिका अन्तर्गत ३नं वडा अपाङ्गता समन्वय समितिको आयोजनामा तथा तारकेश्वर नगरपालिकाको सहयोगमा साथै ३ नं वडा कार्यालय र नगर महिला तथा बालबालिका शाखाको संयूक्त समन्वयमा एक दिने अपाङ्गता समावेशी विकास सम्वन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम समापन भएको हो ।
कर्यक्रममा तारकेश्वर नगरपालिकाका नगर महिला तथा बालबालिका शाखाका अधिकृतहरू, तारकेश्वर नगरपालिकाका वडा अध्यक्षहरु र विभिन्न अपाङ्गता महासंघको प्रतिनिधिमण्डलहरूको उपस्थिति रहेको थियो । कार्यक्रम बिहान १० बजे श्री कालिका शरण मा.वि. प्राङ्गण तिनपिप्ले काठमाडौँमा भएको हो ।