भदौ २५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलबासेले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

आयोगका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम तथा गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो ।