• २०८३ जेष्ठ ३१ गते आइतवार

सभामुख छान्न प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

पढ्न लाग्ने समय : १ मिनेट

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख चयनका विषयमा कुराकानी भइरहेको बताइएको छ । सभामुख चयनका विषयमा सहमति नहुँदा ४ पटकसम्म संसद बैठक स्थगित भएपछि निकास निकाल्न अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ ।

यसअघि भएका छलफल सकारात्मक भएको र अब निर्णय लिँदै संसद सञ्चालन गर्ने गरी आजको छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस