भदौ २१, डोटी । नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको नवौँ साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशनबाट केशवचन्द्र महरा ‘पवन’को नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ। अधिवेशनबाट अध्यक्षमा केशवचन्द्र महरा (पवन) सर्वसम्मत निर्वाचित भएका छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा विक्रमबहादुर खड्का र प्रेमा कुमारी धामी (प्रतीक्षा), सचिवमा दिपेन्द्र खड्का, सहसचिवमा राज पर्की तथा कोषाध्यक्षमा एकेन्द्र चन्द चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा इन्द्र शाही, टेकबहादुर चन्द, लाली खड्का, महेश ओझा, दिनेश जोशी, कृष्ण मलासी, लक्ष्मी वि.क., संगीता वि.क. र रमेश मगर चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष महरासहित सम्पूर्ण कार्यसमितिलाई पत्रकारिता क्षेत्रको व्यावसायिक विकास, श्रमजीवी पत्रकारको हकहित तथा प्रेस स्वतन्त्रताको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्वलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।