• २०८३ भाद्र २२ गते सोमवार

वर्षाका कारण अध्यक्ष कप भलिबलको फाइनल खेल रद्द, भोलि बिहान हुने

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१ , काठमाडौं ।  वर्षाका कारण अछाममा जारी चौथो अध्यक्ष कप खुला भलिबल प्रतियोगिताको फाइनल खेल रद्द भएको छ। आज हुने भनिएको नवदुर्गा गाउँपालिका, डडेल्धुरा र सल्यानबीचको फाइनल खेल वर्षाका कारण स्थगित गरिएको आयोजकले जनाएको छ। स्थगित फाइनल खेल भोलि बिहान ८ बजे हुने भएको छ। उपाधिका लागि नवदुर्गा गाउँपालिका डडेल्धुरा र सल्यानबीच प्रतिस्पर्धा हुनेछ।

मेल्लेख गाउँपालिका, अछामको आयोजनामा भइरहेको प्रतियोगितामा नवदुर्गा गाउँपालिका उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको हो। फाइनल खेल स्थगित भएसँगै दुवै टोलीले भोलिको निर्णायक खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। खेलप्रेमीहरूलाई भोलि बिहान ८ बजे हुने फाइनल खेलमा उपस्थित भएर खेलाडीको हौसला बढाउन आयोजकले आग्रह गरेको छ।

आयोजक : मेल्लेख गाउँपालिका, अछाम
प्रतियोगिता : चौथो अध्यक्ष कप खुला भलिबल प्रतियोगिता

Sharing

प्रतिक्रिया दिनुहोस