• २०८३ भाद्र १७ गते बुधवार

नेप्सेमा १५.४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं ।  नेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर ११.८७ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुंग जलविद्युतको शेयर १०.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी इनर्जी बण्डको शेयर ५.८१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सानिमा मिडल तमोर हाइड्रोको १४ करोड १७ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस