भदौ ११, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानसँग टेलिफोन वार्ता गरेका छन् ।

वार्ताका क्रममा दुवै विदेशमन्त्रीले विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन् । परराष्ट्रमन्त्री खनालले बंगलादेश सरकारले नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेकोमा धन्यवाद दिएका छन् ।
आवश्यक पर्ने विशेष सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय कायम राख्ने पनि उनले बताएको मन्त्रालयले जनाएको छ ।