भदौ ११, काठमाडौं । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत नेपाल ए ले तेस्रो हार बेहोरेको छ । विहिबार सम्पन्न खेलमा नेपाल ए हैदरावाद किंग्सम्यान एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

हैदरावादले दिएको १९८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ६६ रन बनाए भने लोकेश बमले ३८ रन बनाएका थिए । यसअघि हैदरावादले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो ।
यस प्रतियोगितामा नेपालको यो पाँचौं खेलमा तेस्रो हार हो । अब नेपालले अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।