• २०८३ कार्तिक २५ गते मङ्गलवार

रसुवाको बाढी प्रभावित क्षेत्रनजिकै ५.२ म्याग्निच्युडको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै १०, काठमाडौं ।  रसुवामा भीषण बाढीले जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याइरहेका बेला बाढी प्रभावित क्षेत्रनजिकै ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) सम्बन्धी प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु कोदारीबाट करिब ५५ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा रहेको थियो। उक्त क्षेत्र बाढी र पहिरो प्रभावित क्षेत्रसँग नजिक रहेको बताइएको छ।

यसअघि बुधबार बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेका बेला भूकम्पको धक्का महसुस भएपछि प्रभावित क्षेत्रमा थप त्रास सिर्जना भएको छ।

भूकम्प र त्यससँग सम्बन्धित पहिरोले बाढी निम्त्याएको हुनसक्ने प्रारम्भिक अनुमानसमेत सार्वजनिक भएका छन्। तर बाढीको मुख्य कारणबारे हिमपहिरो तथा नदी थुनिएर अचानक खुलेको पानीको बहाव हुनसक्ने प्रारम्भिक अध्ययनहरू पनि सार्वजनिक भएका छन्। त्यसैले भूकम्प नै बाढीको कारण भएको विषयमा थप अनुसन्धान आवश्यक देखिएको छ।

बाढीको असर रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा परेको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकायसहित विभिन्न संयन्त्र परिचालन गरेको छ।

भूकम्पपछि बाढी प्रभावित क्षेत्रमा थप क्षति पुगेको वा नयाँ जनधनको क्षति भएको सम्बन्धमा भने तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन।

Sharing

प्रतिक्रिया दिनुहोस