• २०८३ भाद्र ९ गते मङ्गलवार

विद्युतीय सवारी र हरित ऊर्जालाई प्राथमिकता दिनुपर्छ- उपराष्ट्रपति यादव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । नाडा स्थापनाको स्वर्ण जयन्तीसमेत रहेकाले यस वर्षको प्रदर्शनीलाई व्यापारिक मेलामा मात्र सीमित नराखी नेपालको आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्र बनाउने अवसरका रूपमा अघि बढाउनुपर्ने उनले बताएका छन् ।

अटोमोबाइल क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यादवले नवप्रवर्तन र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नेपालमा उत्पादन हुने जलविद्युत्लाई विद्युतीय सवारीसाधनसँग जोडेर इन्धन आयातमा हुने निर्भरता घटाउन सकिने बताएका छन् ।

विद्युतीय सवारीसाधनले कार्बन उत्सर्जन घटाउनुका साथै सहरी वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहयोग पुर्‍याउने उनको भनाइ छ । संविधानले सुनिश्चित गरेको समावेशी लोकतन्त्र र समान अवसरको अवधारणाअनुसार अटोमोबाइल क्षेत्रको लाभ समाजका सबै वर्गसम्म पुग्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

उद्योग, व्यवसाय, सरकार र नागरिक समाजको संयुक्त प्रयासबाट मात्रै नेपाललाई समृद्ध र विकसित बनाउन सकिने बताउँदै उपराष्ट्रपति यादवले नाडाको स्वर्ण जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस