• २०८३ भाद्र ८ गते सोमवार

हुम्लाको ताँजाकोट गाउँपालिकाको भवनमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको जिल्लाको प्रशासनिक भवनमा आगलागी भएको छ । गएराती करिब २ बजे भएको आगलागीबाट महत्वपूर्ण कागजातसहित भवनमा ठूलो क्षति पुगेको बताइएको छ ।

आगलागीबाट लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांस श्रेस्ताहरु जलेर नष्ट भएको बताइएको छ । आगलागीको कारण भने खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ

Sharing

प्रतिक्रिया दिनुहोस