• २०८३ भाद्र ७ गते आइतवार

सुन तोलाको २८ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं ।  नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको २८ सयले बढेर तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९८५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस