• २०८३ भाद्र ६ गते शनिवार

भदौं २३ मा अग्रगामी मोर्चाले प्रदर्शन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ६, काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिको बैठकले भदौ २० गते प्रत्येक जिल्लामा मोर्चाको समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ । यस्तै, आगामी असोज १० गते काठमाडौंमा बिशेष भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि मोर्चाले गरेको छ ।

आज (शनिबार) काठमाडौंमा रहेको आजपाको कार्यालयमा बसेको बैठकले बागमती प्रदेशका सबै जिल्लामा यही भदौ २० गते जिल्ला समन्वय समितिको बैठक बस्ने तय भएको छ । जसअनुसार काठमाडौं, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, चितवन र मकवानपुर (प्रलोपा नेपाल), ललितपुर, सिन्धुली, रामेछाप र दोलखा (जसपा नेपाल) र भक्तपुर, सिन्धुपाल्चोक र धादिङ्ग (आजपा) ले नेतृत्व गर्ने तय भएको छ ।

आजको बैठकले प्रदेशस्तरीय जनसंगठनको लागि जिम्मेवारी समेत तोकेको छ । महिला मोर्चाको लागि लिला सिटौला (जसपा नेपाल), युवा तथा विद्यार्थीतर्फ शंकर पौड्याल (प्रलोपा नेपाल) र आईटी तथा मिडियातर्फ सुभाष प्रसाद साह र विकेश साह (आजपा) र बुद्धिजीवी मोर्चातर्फ सुरेन्द्र प्रधान (नेसस) लाई जिम्मेवारी तोकिएको छ । बैठकले भदौ २३ गते आयोजना हुने जेनजी प्रदर्शनलाई संयुक्त रुपमा प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

अर्को बैठक भने यही भदो २१ गते जसपा नेपालको पार्टी कार्यालय बालकुमारी बस्ने तय भएको छ । आजपाका सहअध्यक्ष तिलक थापा मगरको अध्यक्षतामा बसेको बैठकमा मोर्चाका भावी कार्यक्रमको बारेमा समेत विस्तृत छलफल गरिएको थियो । बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालका प्रमुख संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्माल र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस