भदौ ४, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा जेसीबी मेसिन दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सडक निर्माणका क्रममा बाटो सफा गर्ने क्रममा भे.१ ग १२७ नम्बरको जेसीबी मेसिन सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको हो।

दुर्घटनामा बराहताल गाउँपालिका–५ निवासी करिब ३३ वर्षीय चालक रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए। घाइते लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।