• २०८३ जेष्ठ १० गते आइतवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 पौष, २५ धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे फिमरे खोल्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ७ बजे को२८प ८०५२ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय टेकबहादुर लिम्बू सडकबाट करिब तीन मिटर तल खस्दा उनको मृत्यु भएको हो ।

मोटरसाइकल लडेपछि खोल्सीमा रहेको ढुङ्गामा उनको टाउको ठोक्किएको थियो । उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस