• २०८३ भाद्र ४ गते बिहिवार

एमालेलाई समर्थन गरेपछि राप्रपामा विवाद, अनुशासन र कार्यसम्पादन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ४,काठमाडौँ । बागमतीको मुख्यमन्त्रीमा दाबि पेश गरेका एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपामा विवाद बढेको छ । केन्द्रको निर्देशन विपरित प्रदेश संसदीय दलले एमालेलाई समर्थन गरेपछि केन्द्र र संसदीय दलबीच विवाद भएको हो ।

केन्द्रले यसअघि नै संसदीय दललाई निर्देशन दिदै कुनै पनि सरकारलाई समर्थन नगर्न निर्देशन दिएको थियो । तर संसदीय दलका नेता उद्धव थापाले एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कारवाहीको चेतावनी दिदै प्रदेश प्रमुखलाई राप्रपाको समर्थन नरहेको पत्र समेत पठाएका छन् ।

यसै विषयमा छलफल गर्न राप्रपाले आज बिहान ११ बजे अनुशासन समितिको बैठक र १२ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । बुधबारनै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई १२ घण्टाभित्र स्पष्टिकरण पेश गर्न समय दिएको छ ।

अर्कोतर्फ संसदीय दलका नेता उद्धव थापाले भने राप्रपाको समर्थन यथावत रहेको दोहोराएका छन् ।

May be an image of ticket stub, map and text that says 'रादिदियता ንህህ उदारवाद III प.स.:- 60\10021008 ರುೋాಾ " राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडीं माननीय संसदीय दलका नेता ज्यू वागमती प्रदेश सभा मिति २०८३/५१ प्रजातन ছਾ काठमाडी te आा्सत विपर:विमासकोमतसवच्मा| विश्वासको मत सम्वन्धमा त्यस वागमती प्रदेशसभामा सरकार निर्माण सम्वन्धमा हुने मतदान समर्थन प्रक्रियामा अर्को निर्देशन प्राप्त नभएसम्म तटस्थ बस् र सोही बमोजिम माननीय सदस्यपहरुलाई हिहप जारी गर्न निर्देशन गरिएकोछ। B6 राजेन्द्र लिइदेन अध्यक्ष फोन: 09-8899099, ०१-४४६०३२४, ४४३०६३४, फू्याक्स नं.: 0৭-੪४२४१४०, ४४७४६६४ इमेल: pp0730gmil.compea वेभसाईट: www.rpp.org.np'

May be an image of text

May be an image of text

 

Sharing

प्रतिक्रिया दिनुहोस