• २०८३ भाद्र ३ गते बुधवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २५४ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २५४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ४५, लेन क्रसमा ९६, अवस्था ठिक नभएको ३३, एकतर्फीमा १९ र अन्यमा ७५२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति ₹3ష10 गते बिहान ξ:οο बजे सम्म मा.प.से. सिसिटिभी ३३ RED लाईट ७६ तिর गति हर्न लेन १४९ अवस्था ठिक नमएको 84 ONE WAY ९६ ३३ अन्य १९ ७५२ २४ घ्टे कारवाही संख्या १२५४ CO Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस