• २०८३ बैशाख २७ गते आइतवार

बसको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २५ प्युठान । प्युठानमा बसको ठक्करबाट एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार बिहान स्वर्गद्वारी नगरपालिका-२ बाइनेटामा ना ३ ख ५५५९ नम्बरको बसले ठक्कर दिदा भारतीय नागरिक २५ वर्षीय गुरु प्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २३ वर्षीय नथुराम यादव घाइते भएका छन् । घाइते नथुरामलाई उपचारको लागि दाङ तर्फ पठाइएको छ ।

मृतक र घाइते सोही बसमा स्वर्गद्वारी मन्दिर दर्शaन गरी फर्कने क्रममा ओरालो बाटो भएको कारण बसबाट झारेर पैदल हिड्दै गर्दा घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बस र चालक प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस