• २०८३ भाद्र १ गते सोमवार

सुनचाँदीको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर तोलाको ४७७० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४७१० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस