साउन ३०, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १५१ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चाेक र दाङमा एक–एक जनाको मृत्यु भएको हो। दुर्घटनामा घाइते हुनेको संख्या सबैभन्दा बढी लुम्बिनीमा ४७ जना रहेको छ।

प्रदेशगत रूपमा काेसीमा २२, मधेशमा ३७, लुम्बिनीमा ४७, बागमतीमा ५, काठमाडाैं उपत्यकामा १६ जना, सुदूरपश्चिममा ११, गण्डकीमा ३ र कर्णालीमा १० जना घाइते भएका छन्।

मिति २०८३ साउन २९ गतेको २४ घण्टाको सवारी दुर्घटना विवरण नेपाल प्रहरीको तथ्यांकमा आधारित रहेको छ।
