पौष उदयपुर, २४ । उदयपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार साँझ ताप्ली गाउँपालिका-२ धपेनीमा मे१ज २६६२ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा जिपमा सवार स्थानीय २६ वर्षीय मिलन राई र जीपधनी झापाको विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जीप चालकसहित चार जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ ।