• २०८३ असोज १८ गते आइतवार

बोलेरो जीप भेरी नदीमा खस्यो, दुई जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, सुर्खेत । सुर्खेत र सल्यानको सीमामा पर्ने बालुवासंग्रही नजिकै बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको हो । कर्णाली प्रदेश प्रहरीका अनुसार जीपमा चार जना सवार थिए ।

जीप नदीमा खसेपछि दुई जना पौडिएर सकुशल बाहिर निस्कन सफल भएका छन् । जीपमा सवार अन्य दुई जना भने नदीमा बेपत्ता भएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै बेपत्ता यात्रु र नदीमा डुबेको जीपको खोजीका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस