• २०८३ साउन २६ गते मङ्गलवार

मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गर्ने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौँ । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच छलफल भएको छ। मन्त्रालयमा भएको छलफलमा दाइजोविरुद्ध जनचेतना विस्तार, कानुनको प्रभावकारी कार्यान्वयन तथा समुदायस्तरमा अभियान सञ्चालन गर्ने विषयमा विचारविमर्श भएको हो ।

मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माण सरकारको मात्र नभई सम्पूर्ण समाजको साझा अभियान हुनुपर्ने बताइन्। उनले युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा र सञ्चारमाध्यमलाई अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिइन् ।

छलफलमा मधेसी आयोगले मधेशमा देखिएका बालविवाह, घरेलु हिंसा, महिला तथा बालबालिकामाथिको हिंसा, शिक्षा–स्वास्थ्यमा पहुँचको कमी र मानव बेचबिखनलगायत समस्याबारे पनि सुझाव दिएको थियो ।

दाइजो नलिने–नदिने संस्कार विकास गर्दै मधेशबाट अभियान सुरु गरेर क्रमशः देशव्यापी बनाउने मन्त्रालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस