• २०८३ साउन २५ गते सोमवार

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

साउन २५, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भू–भागमा साधारणतया बदली रहेको छ। मधेश प्रदेश तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश,बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू–भागका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा पर्वतारोहणमा असर पर्नसक्ने र सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

May be an image of map and text that says '1 hour 3 hour hand 6 hour 12 hour 24 hour 8.2 Maximum 115.2 mm at past 12 hour Almora 86.2 Idwani 2.4 6.6 13.8 apur 10 仲巴録 0.2 प्रदेश 19.8 草项星 1.6 Pilibhit ননযা eilly រ5្ធាល 品仁募 吉隆母 15. 08 (55.424.2 15.8 드치육디 कोह លីត្រ 海通门 谢通门長 Lakhimpur 7.618.2 强拉木星 拉教县 จดรม๕ิ5 0.2 98 68 Hardoi ሚማ Bahraich Sitapur អ្ីក្យ एडेडेंन 定日品 尚巴新 ဘိန္ာလျို 定結暴 ጣሩስ Gonda 8 Barabanki 82.8 Lucknow Faizabad Kanpur Basti 25.2 65.2 1.6 बीरगळ 30 7.8 Gorakhpur Sikkim Raebareli Akbarpur Sultanpur- 65.4 35.2 Gang Deoria 6 Bettiah Motihari 21.0 24.69.6 21.22.6 leeling Siwan Muzaffarour'

Sharing

प्रतिक्रिया दिनुहोस