साउन १८, काठमाडौं । संघीय संसद अन्तर्गतका पाँच समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने भएको छ। जुन बैठक बिहान अपरान्ह १ः०० बजे देखी बस्नेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ, जहाँ साइबर सुरक्षा सम्बन्धमा छलफल हुनेछ भने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ उपर सैद्धान्तिक र दफावार छलफल हुनेछ भने कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन सम्बन्धमा पनि छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ः०० बजे आब्हान गरिएको छ, जुन बैठकमा पुरानै अजेन्ठा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।
साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरीउपर छलफल सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो २ः०० बजेवाट सञ्चालन हुनेछ ।