• २०८३ साउन १५ गते शुक्रवार

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आज साँझ ५ देखि भोलि शुक्रबार बिहान ६ बजेसम्म बजेसम्मका लागि निषेधाज्ञा लागू रहने हो ।

प्रशासनका अनुसार वीरगंज महानगरपालिकाको देहायका चार किल्ला भित्र पाँच जना भन्दा बढी मानिसहरु जम्मारभेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ । उक्त आदेशको उद्देश्य शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नु रहेको छ ।

प्रशासनले निषेधाज्ञाको पालना गर्न सबै नागरिकसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस