पौष २१, कैलाली । कैलाली जिल्ला सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह रु. १,६०,०००। घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापाले उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जे.स.भी. र टेक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी छोडन भनी सेवाग्राहीबाट घुस माग गरेका थिए ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अनुसार विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले उनिहरु दुईजनालाई घुस लिएको अवस्थामा सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।