साउन ९, झापा । बिर्तामोडमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी वरिष्ठ हवल्दार खमबहादुर थापाको टोलीले शुक्रबार राति करिब ११ः०० बजे लागुऔषध कारोबार गर्ने दुई जना पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा बिर्तामोड-२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मा रहेका छन्। उनीहरुको साथबाट दुई ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।