• २०८३ कार्तिक २६ गते बुधवार

जेन-जी आन्दोलनका बेला रौतहट फरार कैदी ११ महिनापछि हेटौंडामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं ।  जेन-जी आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका एक कैदी करिब ११ महिनापछि मकवानपुर प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–७ निवासी ३४ वर्षीय शैलेन्द्रकुमार साह रहेका छन्। मुद्रा कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दामा रौतहट कारागारमा कैद भुक्तान गरिरहेका साह भदौ २३-२४ गते भएको जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते राति जेल फोडेर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार साहलाई बिहीबार राति हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।
फरार भएको करिब ११ महिनापछि पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

रौतहट सिडियो दिनेश सागर भुसालका अनुसार जेन-जी आन्दोलनका क्रममा गौर कारागारबाट फरार २६४ मध्ये २४७ जना नेपाली र १७ जना भारतीय रहेका थिए। सो मध्ये १४१ जना नेपाली र ६ जना भारतिय गरी १४७ जना बिभिन्न मितिमा पक्राउ परेका छन्।

पक्राउ पर्न बाँकी ११७ मध्ये १०६ नेपाली र ११ जना भारतिय रहेको सिडियो भुषालले जानकारी दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस