• २०८३ जेष्ठ ८ गते शुक्रवार

सुनवल खानेपानि उपभोक्ता तथा सरसफाई सस्थाको वडा भेला सुनवलमा सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  • ईन्दिरा विश्वकर्मा /विमल भट्टराई

पुष १९, सुनवल । सुनवल खानेपानि उपभोक्ता तथा सरसफाई सस्थाको सातौ बार्षिक साधारण सभा तथा अधिवेशनकोलागी वडा भेला शुक्रबार सुनवल १ बालउद्यानमा सम्पन्न भएको छ । वडा नं १ वडा संयोजक खेमप्रसाद तिवारीको अध्यक्षता एंवम् सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष जित बहादुर पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने संस्थाका अध्यक्ष विष्णुप्रसाद पौडेलले संस्थाको गतिविधि, बर्तमान अवस्था, भावी कार्य योजना सहितको प्रतिवेदन पेश गर्नुभएको थियो ।कार्यक्रममा वडा नं १ वडा अध्यक्ष विन प्रसाद बुढाथोकी, खानेपानि तथा सरसफाई संस्था प्रदेश नं ५ का संयोजक थान प्रसाद गैरे, वडा नं १ वडा सदस्य युद्धजंग जि.सि लगायतले मन्तब्य राख्नुभएको थियो । संस्थाका सचिव यज्ञ प्रसाद पाण्डेयले सञ्चालन गर्नुभएको कार्यक्रममा सुनवल नगरपालिका कार्यपालिका सदस्य शान्ता भण्डारी, वडा नं १ नं वडा सदस्य द्धोय मान बहादुर थापा, मन कुमारी दर्जी,ने.क.पा. सुनवल नगरकमिटिका सचिव विर बहादुर वि.क.,नेपाली कांग्रेश सुनवल नगरकमिटि सभापति सोम बहादुर रायमाझि, संस्थाका सल्लाहाकार तथा पुर्वसचिव विमला अर्याल, सल्लाहाकार उमानाथ पोखे्रल,पत्रकार लगाएत संस्थाका सम्पुर्ण पदाधिकारी एंवम् सदस्यहरुको सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस