• २०८३ कार्तिक २० गते बिहिवार

संघीय संसदका चार समितिको बैठक बस्दैं, यस्ता छन् एजेन्डा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछन् । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठक दिउसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गरिनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पुरानै एजेन्डा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर विषय विज्ञहरूसँग छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजेका लागि बोलाइएको छ । जुन बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचयसहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित कामकारबाही, आर्थिक वर्ष २०८२÷८३ को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गरिने भएको छ ।

र, अर्को अजेन्डाको रूपमा आर्थिक वर्ष २०८२÷८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति तालिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन तथा दीर्घकालीन रणनीति बारे छलफल हुनेछ ।

साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने राष्ट्रिय समावेशी आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस