• २०८३ कार्तिक ३० गते आइतवार

सुनचाँदीको मुल्य सामान्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४६०५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६१५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस