• २०८३ असार १९ गते शुक्रवार

कांग्रेस देउवा पक्षको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, काठमाडौं ।  नेपाली कांग्रेसमा जारी विवादका बीच देउवा पक्षको बैठक आज बस्दैछ । पूर्व उपसभापति पूर्णबहादुर खड्काले आफ्नो गोल्फुटारस्थित निवासमा आफू निकट नेताहरूलाई दिउसो २ बजे छलफलका लागि बोलाएका हुन् ।

काँग्रेसमा विवाद नमिले पछि छुट्टै दल खोल्ने तयारीमा रहेको देउवा पक्षले छिट्टै राष्ट्रिय भेला गर्दै अगाडी बढने तयारी गरेको छ । देउवा पक्षले यसअघि विभिन्न प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस