• २०८३ असार १५ गते सोमवार

रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौं । अल्ट्रा रनर रसिला तामाङ आइतबार दुई महिना प्रशिक्षणका लागि स्विट्जरल्यान्ड प्रस्थान गरेकी छन् । एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा विजेता बनेर इतिहास बनाएकी रसिलाले दुई महिनाको बसाईमा स्विट्जरल्यान्डको ग्राचेन र फ्रान्सको ला ग्रेभमा प्रशिक्षण लिनेछिन् ।

रसिला एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका हुन् । प्रशिक्षणककै समयमा रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा हुने तीन अल्ट्रा रेस प्रतियोगितामा सहभागी हुनेछिन् ।

रसिला पर्वतारोही पनि हुन् । उनले यालुङ रि पिक (५६३० मिटर), छुलु फार इस्ट (६०४५ मिटर), पोकाल्डे पिक (५८०६ मिटर), लोबुचे इस्ट (६११९ मिटर) र आइल्यान्ड पिक (६१६५ मिटर)को सफल आरोहण गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस