• २०८३ जेष्ठ २२ गते शुक्रवार

घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 पुस ११ , काठमाडौं । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।

आयोगले आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको आयोगको दाबी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस