• २०८३ जेष्ठ २६ गते मङ्गलवार

रुख ढलेर किच्दा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष ११,ताप्लेजुङ  । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा रुख ढलेर किच्दा एक जनाको मृत्यु भएको छ ।

आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीया पदम माया खड्काको घटनास्थलमै मृत्यु भएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेर्ने क्रममा खड्कालाई अचानक ढलेको रुखले किचेको थियो । मेशिनभन्दा झण्डै पाँच मिटर पर रहेको सुकेको रुख मेशिनको भाइब्रेसनका कारण अचानक ढलेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Sharing

प्रतिक्रिया दिनुहोस