• २०८३ असार १२ गते शुक्रवार

रास्वपा सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भएका छन् । चितवनको भरतपुरमा आज भएको पदाधिकारीको मतदानमा दुई सहमहामन्त्रीमा ढकाल र शाह विजयी भएका हुन्।

ढकाल प्रतिनिधि सभा सांसद हुन् भने शाह प्रधानमन्त्री बालेन शाहको राजनीतिक सल्लाहकार हुन् । शाह अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिए । दुई सहमहामन्त्रीको लागि ढकाल र शाहसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू र हिमेश पन्तबीच प्रतिष्पर्धा भएको थियो ।

त्यस्तै महिलातर्फको सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् । महिला सहमहामन्त्रीमा डाँगीसहित जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा प्रतिष्पर्धामा थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस