• २०८३ असार ११ गते बिहिवार

एन्फा निलम्बनको खबरले दुःखी बनायो- कमल थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले अन्तर्राष्ट्रिय फुटबल महासङ्घद्वारा अखिल नेपाल फुटबल सङ्घलाई निलम्बन गरिएको समाचारप्रति दुःख र चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै एन्फाका पूर्वअध्यक्षसमेत रहेका थापाले उक्त निर्णयले नेपालको फुटबल विकास र खेलाडीहरूको भविष्यमा गम्भीर नकारात्मक असर पार्ने बताएका छन् । उनले आफू एन्फाको पूर्वअध्यक्ष तथा एक खेलाडीको नाताले पनि यो समाचारले अत्यन्तै दुःखी र चिन्तित बनाएको उल्लेख गरेका छन् ।

थापाले फिफाको निलम्बनका कारण नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै निलम्बन फुकुवाका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।

उनले नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, एन्फा तथा सम्बन्धित पदाधिकारीहरूलाई प्रभावकारी कदम चालेर निलम्बन हटाउने वातावरण बनाउन हार्दिक आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस