• २०८३ असार ६ गते शनिवार

उदयपुरमा स्कुल बस दुर्घटना: एकको मृत्यु, ३० जना घाईते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–०७ जोगीटोलमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ०८:५० बजे महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा २ ख ६४३८ नम्बरको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी बर्दिबास नगरपालिका बस्ने ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ५ जनाको मध्यम र २३ जनाको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते रसिला कुमारी चौधरी र सन्देश कुमार चौधरीलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ।

बस चालक जिल्ला महोत्तरी, गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस