• २०८३ असोज २१ गते बुधवार

दाङमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, दाङ । तुलसीपुर उपमहानगरपालिकामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार तुलसीपुरका २२ वर्षीय चुडामणि डाँगीले घरभित्रै बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस