• २०८३ मङ्सिर १ गते सोमवार

रोल्पामा एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, रोल्पा । एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु निवासी ५५ वर्षीय धनप्रसाद पुन रहेका छन् । प्रहरीका अनुसार पुनले एक १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

घटनाबारे प्राप्त उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस