• २०८३ भाद्र २४ गते बुधवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ११९ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०,  काठमाडौं ।   पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा ९ जनाको मृत्यु भएको छ भने मधेश र कर्णालीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना, कोशी प्रदेशमा ३१ जना घाइते भएका छन् भने काठमाडौँमा २० जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ३३ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा १ जना घाइते भएका छन् भने लुम्बिनीमा ६ जना घाइते भएका छन् । त्यसैगरी कर्णाली प्रदेशमा ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस