• २०८३ जेष्ठ २५ गते सोमवार

अफगानिस्तानविरुद्ध टेस्टमा भारत इनिंग र ३०० रनले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । भारतले अफगानिस्तानविरुद्ध टेस्ट खेल जितेको छ । टेस्टको तेस्रो दिन भारतले अफगानिस्तानलाई एक इनिंग र ३०० रनले पराजित गरेको हो ।

टेस्टको पहिलो इनिंगमा १५२ रनमा अल आउट भएपछि फलोअनमा परेको अफगानिस्तान दोस्रो इनिंगमा ११२ रनमा अलआउट भएको थियो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिल १२६ र केएल राहुलले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डेभ्यु खेल खेलिरहेका भारतीय बलर मानव सुथारले पहिलो इनिंगमा ६ विकेट लिए भने दोस्रो इनिंगमा एक विकेट लिएका छन् ।

अब भारत र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय सिरिज हुने तालिका छन् । एकदिवसीय सिरिजको पहिलो खेल जुन १३ मा हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस