• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सुर्खेतबाट अनुमानित ३ करोड बराबरको सुनका गहना र नगदसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९,सुर्खेत । सुर्खेतबाट अनुमानित ३ करोड बराबरको सुन र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीका अनुसार नेपालगन्ज स्थायी ठेगाना भएर हाल सुर्खेतमा बसोबास गर्ने ६३ बर्षिय श्याम सुन्दर अग्रवाल करिब ३ करोड बराबरको सुन र चाँदीका गहना तथा २ लाख १९ हजार नेपाली र ८ लाख ११ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले सोमबार वीरेन्द्रनगर-६ स्थित तल्लो बजारमा रहेको शिव इम्पोरियममा नगद र गहना धितो राखी ब्याजमा नगद दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिएको छ । उनीसँग एक थान पैसा गन्ने मेशिन समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस