• २०८३ जेष्ठ १८ गते सोमवार

आइपिएल जितेको बेङ्गलुरुले कति पायो पुरस्कार रकम ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेसँगै रोयल च्यालेन्जर्स बेङ्गलुरुले ट्रफीसहित २० करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको गुजरात टाइटन्सले १२ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाएको छ ।

यस सिजन व्यक्तिगत पुरस्कारतर्फ राजस्थान रोयल्सका युवा खेलाडी वैभव सूर्यवंशी सर्वाधिक चर्चामा रहे । उनले प्रतियोगिताभर ७७६ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीलाई प्रदान गरिने ‘ओरेन्ज क्याप’ जिते ।

वैभवले यस सिजन सर्वाधिक मूल्यवान खेलाडी, उत्कृष्ट उदयीमान खेलाडी, सर्वाधिक छक्का प्रहारकर्ता तथा सिजनको उत्कृष्ट स्ट्राइकरसहित कुल पाँच वटा व्यक्तिगत पुरस्कार आफ्नो नाममा पारे ।

उत्कृष्ट प्रदर्शनका कारण वैभव आईपीएल २०२६ का सबैभन्दा सफल व्यक्तिगत अवार्ड विजेता खेलाडी बनेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस