जेठ १८,सिन्धुली । सिन्धुलीमा ७ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका- ९ बस्ने ५१ बर्षिय धनबहादुर बोगटीलाई कमलामाई-८ माईस्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका बोगटीलाई प्रहरीले गत पौष ६ गते रेड कर्नर नोटिस समेत जारी गरेको थियो । हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।